१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप क्रिकेट: उद्घाटन खेलमा यी टोली भिड्दै

आईसीसी महिला टी-२० विश्वकप क्रिकेट बिहीबारबाट सुरु हुँदैछ। 

बिहीवार हुने उद्घाटन खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सारजहामा सुरु हुनेछ। बिहीबार नै पाकिस्तान र श्रीलंकाबीच पनि खेल हुनेछ। यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सारजहामा सुरु हुनेछ।

दश टोली सहभागी रहेको प्रतियोगितामा समूह चरणका २०, सेमिफाइनल र फाइनल खेलहरु सारजहा र दुबईमा सञ्चालन हुनेछन्। फाइनल खेल भने दुबईमा अक्टोबर २० तारिखमा हुनेछ।

प्रतियोगिता बंगलादेशमा आयोजना हुने भनिए पनि राजनीतिक उथलपुथल र आन्दोलनका कारण यूएईमा सारिएको हो।

समूह 'ए'मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन्। समूह 'बी'मा भने बंगलादेश, इंल्यान्ड, स्कटल्यान्ड, साउथ अफ्रिका र वेस्ट इन्डिज रहेका छन्। अस्ट्रेलिया डिफेन्डिङ च्याम्पियन हो।

प्रकाशित: १७ आश्विन २०८१ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App