१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एन्फा महिला लिग: कर्णालीलाई ५ -0 ले हराउँदै आर्मी दोस्रो चरणमा

त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार कर्णाली प्रदेसलाई  ५- 0 गोलले हराउँदै आर्मी तालिकाको दोस्रो  स्थान ओगट्दै  अघिल्लो चरणमा पुगेको हो ।आर्मीका लागि चन्द्रा भण्डारी, विमला चौधरी , अमिसा कार्की  , दिपा शाही र दिपा राईले  समान एक एक गोल गरे ।

९ खेलबाट आर्मी  २२  अंकका दोस्रो भएको हो । आर्मीले  ७ जित १ बराबरी र १ हारका साथ  २२ अंक बटुलेको हो । पराजित कर्णालीले  ९  खेलबाट ४ अंक पाएर नवौं स्थानमा  रहन सफल भयो । कर्णालीले १ जित ,१ बराबरी तथा ७ मा हार व्यहोर्दै  ४ अंक पाएका हो । यसै गरी शुक्रवार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ७-0 गोलले हराउँदै  अपराजित हुँदै एन्फा महिला लिगमा पहिलो भएर दोस्रो चरणको यात्रा तय गरेको छ  । 

९ खेलबाट १० अंक जोडेको बागमती छैठौं स्थानमा छ ।  एन्फाको आयोजनामा जारी प्रतियोगितामा १० टोली सहभागी छन् । शीर्ष पाँचले दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रकाशित: ११ आश्विन २०८१ १८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App