२१ असार २०८३ आइतबार
image/svg+xml
खेल

एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउने

एसिया रग्बीका अध्यक्ष कायस अल धलाई आगामी असोज १८ गते नेपाल आउने भएका छन्।

नेपालमा पहिलोपल्ट हुन लागेको सिनियररग्बीको प्रतिस्पर्धा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ का लागि धलाइ नेपाल आउन लागेका हुन्। धलाई यसअघि पनि नेपाल आइसकेका छन्। उनी प्रतियोगिता उद्घाटन तथा समापन समारोहमा सहभागी हुन १८ गते बिहान नेपाल आइपुनेछन्। एसिया रग्बीको आयोजना रनेपाल रग्बी संघको व्यवस्थापनमा आगामी असोज १८ र१९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसिया रग्बी सेभेन्स ट्रफी हुँदै छ। यस प्रतिस्पर्धामा एसियाका १७ राष्ट्रले चुनौती प्रस्तुत गर्नेछन्। नेपालमा एसियाली स्तरको सिनियररग्बी प्रतियोगिता हुन लागेको यो पहिलोपल्ट हो।

यसै प्रतियोगिताका लागि नेपालका पुरुष रमहिला टोलीले पछिल्ला तीन महिनादेखि पोखरामा तयारी गरिरहेको छ। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत रतेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्। यो प्रतिस्पर्धा २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोट पनि हो। काठमाडौंमा हुने एसिया रग्बी सेभेन्स ट्रफीको महिला रपुरुषतर्पmको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन्। त्यसैले पनि यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

नेपाली टोलीले सन् २०१५ को प्रिओलम्पिक क्वालिफायर र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ। गत वर्ष कतारमा सम्पन्न प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया रकिर्गिस्तानलाई हराएको थियो। 

प्रकाशित: ११ आश्विन २०८१ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App