१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट लिग २ः नेपाल र ओमानबीचको खेल रद्द

आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ। 

क्यानडाको किङ्ग्स सिटीमा मङ्गलवारका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो। खेल रद्द भएपछि दुबै टोलीले एकएक अङ्क बाँडेका छन्।

लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपाल एक दिवसीय फर्म्याटमा जारी लिगमा नेपालले हालसम्म कुनैपनि खेलमा जित हात पार्न सकेको छैन।

पछिल्लो खेलमा पनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो भने त्यसअघिका दुबै खेलमा पनि नेपाल ओमान र क्यानडासँग पराजित भइसकेको छ।

प्रकाशित: ९ आश्विन २०८१ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App