८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

ऐतिहासिक पदकधारी एरिकाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)

ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा  भव्य स्वागत गरिएको छ  ।चीनको हाङ्जाउमा हालै सम्पन्न  २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज मंगलबार  स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा  स्वागत गरिएको छ  । 

६८ केजी माथि तौल समूहको फाइनलमा उनी भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै  रजत पदक पदक प्राप्त गरेकी हुन । 

उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।

ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा लगायत विमानस्थलमा पुगेका थिए ।

एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरू राष्ट्रिय झन्डा, माला, खादासहित विमानस्थल पुगेका थिए ।

तस्बिरहरू  दिपेश दर्शनधारी /नागरिक

प्रकाशित: ८ आश्विन २०८१ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App