१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

आइसीसि विश्वकप क्रिकेट लिग २: नेपाल आज ओमानसँग खेल्दै

आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग्स सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ।

जारी लिगमा नेपाल कमजोर प्रदर्शन गर्दै आएको छ। एक दिवसीय फर्म्याटमा भइरहेको खेलमा हालसम्म नेपालले एक खेलमा पनि जित निकाल्न सकेको छैन।

पछिल्लो खेलमा पनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको थियो।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टीमको प्रदर्शनबाट फ्यान र प्रशिक्षक पनि खुशी छैनन्।

नेपालको न ब्याटिङ्ग राम्रो देखिएको छ न बलिङ्ग नै। जसले गर्दा नेपाली क्रिकेट टीमका समर्थक र प्रशंकहरू पनि निराश छन्।

प्रकाशित: ८ आश्विन २०८१ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App