२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

तीन खेलाडीलाई उपचार सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीसहित तीन खेलाडीलाई स्वास्थ्योपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

पित्त थैलीको शल्यक्रिया गरेका केसीलाई ७५ हजार रूपैयाँ प्रदान गरिएको हो । उस्तै, उसुकी पूर्वखेलाडी शर्मिला राईलाई एक लाख र १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी जुडोकी पुनम श्रेष्ठलाई ५० हजार रूपैयाँ सहयोग प्रदान गरिएको छ।

शर्मिलाको खुट्टाको शल्यक्रिया गर्दा पुनमले लिगामेन्टको शल्यक्रिया गरेकी थिइन्। उनलाई थेरापीका लागि आर्थिक सहयोग प्रदान गरिएको कोषका सदस्यसचिवसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव एवं कोषका अध्यक्ष टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित: २८ भाद्र २०८१ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App