१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

ट्रायल मास्टरमा नेपालका ९ खेलाडी सहभागी हुने

मलेसियाको सबाहमा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट ९ खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।  

सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङ फुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङ राई र फुर्पा सिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । रशिला भने प्रतियोगिताका लागि स्पेनमा रहेकाले त्यत्तैबाट मलेसिया जाने छिन् । सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा सदस्य–सचिव घिसिङले महासंघको कार्यको प्रशंसा गर्दै वार्षिक क्यालेन्डर नै तयारी गरी कार्यक्रमलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले खेलाडीको तयारी, खेलाडीको विगतको अन्तर्राष्ट्रिय सहभागिता, उपलब्धी र टाइमिङलागायतका विषयमा खेलाडीसंग चासो व्यक्त गरेका थिए ।

अध्यक्ष कुँवरले खेलाडीलाई बढी भन्दा बढी एक्सपोजर दिन महासंघले प्रयत्न गरिरहेको बताउदै सामूहिक प्रयासले महासंघलाई नेपालकै उत्कृष्ट खेल संघ बनाउन क्रियाशिल रहने प्रतिबद्धता जनाए ।

प्रकाशित: २५ भाद्र २०८१ १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App