४ जेष्ठ २०८२ आइतबार
image/svg+xml
खेल

ब्राजिललाई राहत

 रियल मड्रिडका फरवार्ड रोड्रिगोले एक मात्र गोल प्रेरणामा ब्राजिलले शनिबार इक्वेडरलाई हराउँदै २०२६ विश्वकप छनोट अभियानलाई बलियो बनाएको छ।

क्युरिटिबामा हात पारेको १–० नतिजा आउनुअघि पाँचपल्टको विश्वकप विजेता ब्राजिल दक्षिण अमेरिकी छनोटको छैटौं स्थानमा थियो। तर, ३०औं मिनेटमा रोड्रिगोले गरेको गोल नै तीन अंक सुरक्षित गर्न पर्याप्त बन्यो। जितसँगै सात खेलबाट १० अंक पु¥याएको ब्राजिल दुई स्थान सुधार गर्दै चौथो स्थानमा आइपुगेको छ। तर, शीर्ष स्थानको अर्जेन्टिनाभन्दा अभैm आठ अंकले पछि परेको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। दक्षिण अमेरिकी छनोटमा शीर्ष ६ मा अटाउने टोलीले सीधै विश्वकपमा स्थान सुनिश्चित गर्नेछन्।

सातौं स्थानमा रहने दक्षिण अमेरिकी टोलीले इन्टर कन्फेडेरेसन प्लेअफमा खेल्नेछ। कतार विश्वकप २०२२ मा ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएको थियो। यस वर्षको कोपा अमेरिकामा पनि ब्राजिल अन्तिम आठमा पुग्न असफल भयो। शुक्रबार इक्वेडरविरूद्धको जितसँगै ब्राजिलले आफ्नो लयमा पुनरागमन गर्ने संकेत देखाएको छ। तर, यो जित निकाल्न ब्राजिललाई सहज भने भएन। बल पोजिसनमा पकड जमाउँदै  

१० प्रहार गरे पनि तीन मात्रै फ्रेममा पर्न सकेको थियो। खेलको आधा घन्टामा रोड्रिगोले  २५ यार्डबाट प्रहार गरेको बलले सीधै जाली चुम्दा ब्राजिललाई राहत मिलेको हो।  

सुआरेजको बिदाइ  

लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। शनिबार बिहान नै भएको खेलमा पाराग्वेसँग उरुग्वे गोलरहित बराबरीमा रोकियो।

३७ वर्षे सुआरेजले सोमबार १७ वर्षको अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने घोषणा गरेका थिए। उनले उरुग्वेको जर्सीमा १४३ खेल खेल्दै ६९ गोल गरे। उनी उरुग्वेका सर्वाधिक गोलकर्ता हुन्। खेलअघि भएको समारोहमा सुआरेजलाई सम्मानित गरिएको थियो। उनी परिवारसँगै मैदान पुगेका थिए। सोही बीचमा बार्सिलोना र इन्टर मियामीमा सँगै खेलेका लिओनल मेसीको भिडियो सन्देश देखाइएको थियो। ‘उरुग्वेको टोली कुनै पनि खेलाडीभन्दा ठूलो छ। भोलिदेखि म फ्यान हुनेछु,’ भावुक सुआरेजले स्टेडियममा सम्बोधन गर्दै भने। बार्सिलोना र लिभरपुल पूर्वस्टारले इन्टर मियामीबाट मेजर लिग सकरलाई भने निरन्तरता दिनेछन्।

एस्टाडियो सेन्टेनारियोमा शनिबारको बिदाइ खेलमा आफ्नो ७०औं अन्तर्राष्ट्रिय गोल पुर्‍याउन उनी चुके। ब्राजिल विश्वकप २०१४ मा इटालीका डिफेन्डर जर्जियो चिलिनीलाई टोकेको कारण उनलाई प्रतिबन्ध लागेको थियो। यो नतिजाले उरुग्वे सात खेलबाट १४ अंक जोड्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ।  

अर्को छनोट खेलमा तेस्रो स्थानमा रहेको कोलम्बियालाई पेरुले १–१ को बराबरीमा रोकेको थियो। ६८औं मिनेटमा एलेक्जेन्डर कालेन्सले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए। तर, लिभरपुलका लुइस डियाजले निर्धारित  ९० मिनेटको खेल सकिन आठ मिनेट बाँकी रहँदा गोल गर्दै कोलम्बियालाई एक अंक दिलाए।

प्रकाशित: २३ भाद्र २०८१ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App