१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

पोखराको मूल्य सर्वाधिक

आगामी नोभेम्बर ३० तारिखदेखि हुने भनिएको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराको टिम सर्वाधिक मूल्यमा बिक्री भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा बिहीबार क्लोज डोरमा सम्पन्न बिडिङमार्फत पोखरा एनपिएलमा सर्वाधिक मूल्यमा बिक्री भएको फ्रेन्चाइज टोली बनेको हो।

क्यानले विज्ञप्ति जारी गर्दै एनपिएलमा पोखराको स्वामित्वका लागि नेपाल ट्वान्टी–२० प्रालिले तीन करोड ५७ लाख खर्चिएको उल्लेख गरेको छ। कर्णाली सबैभन्दा कम मूल्यमा बिक्री भएको फ्रेन्चाइज बन्यो। कर्णालीको स्वामित्वका लागि हिमालयन बिल्डरले एक करोड ११ लाख ७० हजार रूपैयाँ बोली लगाएको हुन्, जहाँ कर्णालीले सफलता पायो।

काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेसनले तीन करोड ३३ लाख ३३ हजार ३३९ रूपैयाँ खर्चिएको छ। चितवनको स्वामित्व एक करोड ७६ लाख एक हजार रूपैयाँमा बिक्री भयो। यसको स्वामित्वका लागि मेडिकल कलेजले यो रकम खर्चिएको हो।

एमएडी ड्रिम्स स्पोर्टसले विराटनगरको स्वामित्व प्राप्त गरेको क्यानले उल्लेख ग¥यो। यसका लागि एमएडीले एक करोड ५१ लाख रूपैयाँ खर्चिएको छ। फच्र्युना हेल्थ केयरले लुम्बिनीको स्वामित्व प्राप्त गरेको छ। यसका लागि फच्र्युनाले एक करोड ८६ लाख रूपैयाँ खर्चन पुग्यो।

ड्रिम्स स्पोर्ट्सले जनकपुरको स्वामित्वमा प्राप्त गरेको छ। जनकपुरका लागि ड्रिम्सले दुई करोड पाँच लाख रूपैयाँको बोली लगाएको क्यानले जनाएको छ।

एम्पायर स्पोर्ट्सले एक करोड ६८ लाख ८८ हजार ८८८ रूपैयाँको सुदूरपश्चिमको फ्रेन्चाइज किनेको छ। आगामी मंसिर १५ देखि पुस  ६ गतेसम्म हुने भनिएको एनपिएलका फ्रेन्चाइज खरिदका कुल  १३ कम्पनीले प्रतिस्पर्धा गरेको क्यानले जनाएको छ।

भदौ १३ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले फ्रेन्चाइज टोलीका नाम टुंगो लगाई आवश्यक तयारीको गर्न एनपिएल तयारी समितिलाई जिम्मेवारी सुम्पिएको थियो। समितिले कुल १६ आवेदकमध्ये अन्तिम १३ आवेदकलाई सर्टलिस्ट गरेर बिडिङमा समावेश गरेको हो।

प्रकाशित: २१ भाद्र २०८१ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App