३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यू- २० च्याम्पियनसिप फाइनल : नेपाल २-० ले पछि

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको  फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा बंगलादेशले पहिलो हाफमा एक र दोस्रो हाफको ५४औं मिनेटमा दोस्रो गोल गरेको हो । बंगलादेशका लागि मिराजुल इस्लामले हेडरमार्फत् गोल गरेका हुन् ।  

पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले अग्रता लिएको थियो । मिराजुलले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट फ्रिकिकमा उत्कृष्ट गोल गरेका हुन् ।  

नेपाल भुटानलाई र बंगलादेश भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । 

प्रकाशित: १२ भाद्र २०८१ १५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App