२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल साफ यू -२० च्याम्पियनसिप फुटबलको फाइनलमा

नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल भुटानलाई टाइब्रेकरमा ४- १ गोलबाट हराउँदै फाइनलमा पुगेको हो । 

यस अघि निर्धारीत समयमा दुवै टोलीबाट एक एक गोल भई खेल बराबरीमा सकिएकाले खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो । निर्धारीत समय सम्म पनि दुवैटोलीबाट गोल हुन सकेन र खेल टाइब्रेकरको निर्णयमा पुग्यो ।

टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत शेखले बचाए । सेमन्त थापाले तेस्रो प्रहारमा गोल गर्दा उग्वेन जिग्मेको प्रहार जियारतले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्याए ।

अव नेपालले उपाधिका लागि भारत र बंगलादेशबीचको बिजेतासंग खेल्नु पर्नेछ । दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित: ९ भाद्र २०८१ १७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App