२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

भ्याली पब्लिक र सत्य साइ सेमिफाइनलमा

भ्याली पब्लिक र सत्य साइ १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिकले एन्जल्स हार्टलाई २७–२४ ले पराजित गर्‍यो। भ्याली पब्लिकको जितमा विशाल परियारले १३ अंक योगदान गरे। आकाश महतोको ८ अंक सहयोगमा सत्य साइले हिमरश्मिलाई २६–२२ ले हरायो। सोही स्पर्धामा लालीगुराँस नेसनल एकेडेमीले सेबलाई ३०–२४ तथा गोल्डेनपिकले ग्रिनफिल्डलाई २१–१६ ले हराउँदै सेमिफाइनलमा पुगे। लालीगुराँसका सर्गम गुरुङले ११ तथा गोल्डेनपिकका अमन गुरुङले ८ अंक जोडे। सिनियर गल्र्समा आयोजक ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २९–२४, भ्याली पब्लिकले विद्याआश्रमलाई २४–२०, फेरिल्यान्डले पारामाउन्टलाई २८–२४ र टिआइएले तेजस्वीलाई २३–१९ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए।

ग्रिनल्यान्डकी अहाना खड्काले १२, भ्याली पब्लिककी लोरिशा गौचनले १३, फेरिल्यान्डकी कृतिका कटुवालले १२ र टिआइएकी सलिना क्षेत्रीले ८ स्कोर गरे। सिनियर ब्वाइजमा कन्स्टिलेसनले डिभिएलाई ४४–३३, एचएचसिएले ग्रिनल्यान्ड ‘ए’ लाई ६७–६२ र भ्याली पब्लिकले टिआइएलाई ४०–३३ ले पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गरे। कन्स्टिलेसनलका सुदिन तामाङले १४, एचएचसिएका डेविड राईले ३५ र भ्याली पब्लिकका सुनिल पौडेलले २० अंक बटुले।

प्रकाशित: ९ भाद्र २०८१ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App