२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

बंगलादेशविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा पाकिस्तानको उच्च योगफल

मोहमद रिजवान र साउद शकीलले उल्लेख्य पारी खेलेपछि पाकिस्तानले बंगलादेशविरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा उच्च योगफल बनाएको छ ।  

४ विकेटको क्षतिमा १५८ रनबाट विहीबार दोस्रो दिनको खेल थालेको घरेलु टोली पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रनमा पहिलो इनिङ्स डिक्लियर गरेको हो । रिजवान १७१ रनमा अविजित रहँदा शाकील १४१ रनमा आउट भए । 

१६ रन जोड्दा अघिल्ला क्रमका तीन ब्याटरलाई गुमाएको पाकिस्तानका लागि सइम अयुबले ५६ रन बनाए । शहिन शाह अफ्रिदी २९ रनमा नटआउट रहे । शोरिफुल इस्लाम र हसन महमुदले समान दुई-दुई तथा मेहन्दी हसन मिराज र सकिब अल हसनले समान एक-एक विकेट लिए ।  

बंगलादेशले विहीबार नै पहिलो इनिङ्समा ब्याटिङ थालेको छ ।  

आरक्षणसम्बन्धी आन्दोलनपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएको बंगलादेशी क्रिकेट टिमले पाकिस्तानमा दुई टेष्ट म्याच खेल्नेछ । 

प्रकाशित: ६ भाद्र २०८१ १८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App