२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

काभा महिला नेसन्स लिग :नेपालले माल्दिभ्सलाई ३-० सेटबाट हरायो

काभा महिला नेसन्स लिग भलिबलमा नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३ - ० को सोझो सेटबाट पराजित गरेको छ।

दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २५- ८, २५ -१९ र २५ -१८ हराएको हो ।

यो जितपछि नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को‌ कभर्ड हलमा सोमबार नै भएको खेलमा भारतले श्रीलङ्कालाई २५-१३, २५-२१ र २५-२० ले हराए पछि समूह चरण नेपाल दोस्रो भएको हो ।

आइतबार दशरथ रङ्गशालाको कभर्ड हलमा इरानले नेपाललाई ३-२ को नतिजामा हराएको थियो । जारी प्रतियोगितामा नेपालले भारत ,श्रीलङ्का र माल्दिभ्सलाई हराएको हो ।पाँच टोली सहभागी यो प्रतियोगितामा माल्दिभ्स एउटै खेल नजिती समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित: २१ श्रावण २०८१ १६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App