२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

काभा महिला भलिबलः सहज छैन नेपालका लागि आगामी खेल

पाहुना टोली श्रीलंकामाथि पूर्ण हाबी भएको नेपालले बिहीबार काभा महिला भलिबल नेसन्स लिगमा सुखद सुरुआत गर्दै फाइनल पुग्ने लक्ष्यलाई सार्थकता बनाएको छ।

तेस्रो सेटमा श्रीलंकाले चुनौती दिए पनि नेपालले घरेलु भूमिमा सोझो सेटमार्पmत नतिजा निकाल्दै सुखद सुरुआत गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले समानस्तरको टोली श्रीलंकामाथि ३–० ले जित रच्यो।

प्रतियोगितामा बलियो दाबेदारका रूपमा हेरिएको भारतले पनि इरानलाई ३–१ ले हराउँदै सुखद सुरुआत गरेको छ। तर, युवा टोलीले भरिएको इरानका लागि भने पहिलो खेल सुखद भएन। यद्यपि, बलियो टोली भारतविरुद्ध इरानी खेलाडीको प्रदर्शन तारिफयोग्य थियो।

इरान अधिकांश २१ वर्षमुनिका खेलाडीसहित नेपाल आएको हो।

इरानले भारतमाथि दबाब बनाउने प्रयास ग¥यो। तर, चौथो सेटमा लय जारी राख्न सकेन र इरानले ३–१ को हार सामना गर्नुपर्‍यो। सेट गुमाउन लाग्दा पनि इरानी खेलाडीको जुझारु प्रदर्शनले नेपाली टोलीमाथि पनि चुनौतीको संकेत दिएको छ। इरानको यो प्रदर्शनले नेपाललाई सचेत भएर खेल्नुपर्ने देखिएको छ। किनकि प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको लक्ष्यमा इरान बाधक बन्न सक्छ। तथापि, नेपालले पनि श्रीलंकाविरुद्ध सोझो सेटमा जित निकाल्दै आफू पनि कमजोर टोली नरहेको साबित गरिसकेको छ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत सबैभन्दा बलियो टोली हो। आयोजक नेपाल र इरानलाई पनि राम्रो चुनौती दिन सक्ने टोलीका रूपमा हेरिएको छ। यी तीनै राष्ट्रले पहिलो खेलमा सोहीअनुरूप प्रदर्शन पनि गरे।

अब नेपालले दोस्रो खेल भारतसँग शनिबार र तेस्रो खेल इरानसँग आइतबार खेल्नेछ । यी खेल फाइनलमा पुग्न नेपालका लागि महत्त्वपूर्ण साबित हुनेछन्। तर, बलियो मानिएको भारत र चुनौतीपूर्ण प्रदर्शन गरेको इरानसँगको खेलमा नेपाललाई सहज भने हुनेछैन।

पहिलो खेलमा सहजै जित निकाल्दै नेपालले बलियो टोली भारत र इरानविरुद्ध खेल्नुअघि आत्मविश्वास बटुले पनि नेपालले आगामी खेलमा ब्लक र तालमेलमा अझैँ सुधार गर्नुपर्ने देखिएको छ।

प्रतियोगिता साउन २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ।

प्रकाशित: १८ श्रावण २०८१ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App