१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय उसु च्याम्पियनमा सहभागी हुने नेपाली खेलाडीको बिदाइ

सिंगापुरमा यही जुलाई २७ र २८ मा हुने छैठौं सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव अन्जन धमलाले खेलाडीको बिदाइ गरेका हुन्।  

टोलीमा ५ महिला र ६ पुरुष छन्। टिम प्रशिक्षकमा विशाल थापा रहेको उसु महासंघका महमासचिव नवराज ढुंगानाले जानकारी दिए।  

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त सदस्यसचिव धमलाले देशको झण्डा उच्च राख्न खेलाडीहरुले अनुशासित भई खेल्नु पर्नें बताए।  

सहभागी खेलाडीमा हिमान्सु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले र एलिस मार्लीक छन् । यस्तै वविता ठाडा मगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ र यन्चेन्ला इलावा छन् । 

प्रकाशित: १० श्रावण २०८१ १७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App