२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिसी महिला एसिया कप: पाकिस्तानविरुद्धको खेलमा कप्तान इन्दु र कविता लगातार आउट

एसिसी महिला एसिया कप अन्र्तगत पाकिस्तानविरुद्धको खेलमा नेपालकी कप्तान इन्दु बर्मा र कविता कुँवर लगातार आउट भएपछि नेपालले तीन विकेट गुमाएको छ । कप्तान इन्दु बर्मा सुन्य रनमा तथा कविता कुँवर १३ रन बनाएर आउट भईन । यस अघि पहिलो ओभरमै  नेपालकी सम्झना खड्का आउट भएकी थिइन ।  

युएईविरुद्ध ७२ रन बनाएकी सम्झाना खड्का पहिलो ओभरको पाँचौ बलमा एक चौक्का प्रहार गर्दै आउट भएकी हुन ।

ताजास्थीतीमा नेपालले  ७ ओभरमा ३ विकेट गुमाएर  ३२ रन बनाएको छ । सिता मगर र रुविना क्षेत्री क्रिजमा छन । श्रीलंकाको दम्बुलामा भइरहेको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको हो ।  

प्रकाशित: ६ श्रावण २०८१ १९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App