१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एसजी यु-१० फुटसल सुरु

स्वस्तिश्री गुरुकुलको आयोजनामा एसजी यु–१० ब्वाइज फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे। 

पहिलो दिन स्वस्तिश्री ग्रिनले युरो स्कुललाई ३–०, आरबिएस ग्रिनले रिब्सलाई ५–१ र स्वस्तिश्री ओरेन्जलाई ३–०, आरबीएस रातोले स्वस्तिश्री रातोलाई ६–०, ब्रम्हकुञ्जले एक्सेल्सियरलाई ६–०, आरबीएस रातोले चेल्सीलाई २–० तथा चेल्सीले स्वस्तिश्री रातोलाई ४–० गोलले पराजित गरे। ब्रम्हकुञ्ज र जोन डेवीले गोलरहित तथा एक्सेल्सियर र जोन डेवीले १–१ गोलको बराबरी खेले।

प्रकाशित: ६ श्रावण २०८१ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App