१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

कोपा अमेरिका: पूरा समय मैदानमा बिताउन नपाए पछि रुन थाले मेसी

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ। आज भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० ले पराजित गर्दै कीर्तिमानी उपाधि उचालेको हो।

अर्जेन्टिनाको यो समग्रमा १६ औँ कोपा अमेरिकाको उपाधि हो भने फरवार्ड एवं अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले ट्रेबल उपाधि जिताएका हुन्।

सन् २०२१ मा ब्राजिललाई १–० गोलले पराजित गर्दै २८ वर्षपछि मेस्सको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो।

अर्को वर्ष मेसीले आफ्नो कप्तानीमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनालाई विश्वकप पनि दिलाएका थिए।

मियामीस्थित हार्ड रक स्टेडियममा आज बिहान सम्पन्न खेलमा उनले आफ्नो कप्तानीमा कोलम्बियालाई १–० गोलअन्तरले पराजित गर्दै अर्को उपाधि थपेका हुन्।

यद्यपि, आठ पटकका बालोन डि’ओर विजेता मेसीले आजको खेलमा पूरा समय मैदानमा बिताउन पाएनन्। दाहिने खुट्टाको चोटका कारण उनी ६६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। मैदान बाहिरिएपछि उनी बेन्चमा बसेर रोएका थिए। उनको स्थानमा निकोलस गोन्जालेज मैदान प्रवेश गरेका थिए।

३७ वर्षीय मेसी प्रतियोगिताभर फिट थिएनन्। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडामाथि २–१ गोलअन्तरले जित निकाल्दा उनले एक गोल गरेका थिए। सोही गोल नै उनको प्रतियोगिताको पहिलो हो।

प्रकाशित: ३१ असार २०८१ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App