४ जेष्ठ २०८२ आइतबार
image/svg+xml
खेल

चर्च बोइज र न्युरोड भिड्ने

ललित स्मृति एन्फा यु–१८ युथ लिगको उद्घाटन खेलमा चर्च बोइज र न्युरोड टिम (एनआरटी) भिड्ने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली पहिलो खेलमै भिड्ने भएका हुन्। 

यी दुई टोलीबीचको खेल असार ३० गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो एक बजे हुनेछ।सोही दिनको दोस्रो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार फुटबल क्लब भिड्नेछन्। यो खेल दिउँसो चार बजे सोही मैदानमा हुनेछ। 

एन्फाले आठौं चरणसम्मको खेलतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार हरेक दिन दुई खेल हुनेछन्। एन्फाले दिवंगत कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्झनामा लिग आयोजना गर्दै आएको छ। पछिल्लो पटक सन् २०१९ मा यो लिग आयोजना गरिएको थियो । त्यसपछि कोरोना महामारीको बहाना देखाउँदै लिग रोकिएको थियो।  

डबल राउन्ड रोबिनका आधारमा हुने लिगमा एपिएफ फुटबल क्लब, चर्च बोइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। 

हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले भने लिगमा सहभागिता जनाउने छैनन्। उनीहरूले लिगको तयारीका लागि पर्याप्त समय नदिएको भन्दै लिग नखेल्ने भएका हुन् । यद्यपि, अन्य १२ टोलीले भने खेलाडी छनोट गरिरहेका छन्।  

प्रकाशित: २६ असार २०८१ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App