५ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। मेटलाइफ स्टेडियम, न्यू जर्सीमा आज बिहान सम्पन्न खेलमा क्यानडालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिना उपाधिनजिक पुगेको हो।

खेलको २३औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए भने ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लिओनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाए।

जारी प्रतियोगितामा मेसीको यो पहिलो गोल हो। अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ।

प्रकाशित: २६ असार २०८१ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App