१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

अफगानिस्तानद्वारा दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य

आईसिसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले कमजोर प्रदर्शन गर्दै दक्षिण अफ्रिकासमक्ष ५७ रनको झिनो लक्ष्यय प्रस्तुत गरेको छ।

ब्रायन लारा स्टेडियममा जारी सेमिफाइनल अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरको  ११.५ ओभर खेल्दै सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो।

अफगानिस्तानका कुनैपनि ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरसमक्ष धेरै बेर टिक्न सकेनन्। जसका कारण अफगानिस्तान झिनो रनमै समेटियो।

अफगानिस्तानका ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाज शून्य, मोहम्मद नबी शून्य, नुर अहमद शून्य र फजलहक फारुकी पनि शूनय रनमा पभेलियन फर्के भने इब्राहिम जादरान २, गुलबदिन नायब ९, अजमतुल्लाह ओमरजाई १०, नानगेयालिया खरोटे २, करिम जनत ८, कप्तान राशिद खान ८ रनमा आउट भए।

अफगानिस्तानलाई झिनो रनमै समेट्न दक्षिण अफ्रिकाका मार्को जेनसन र तबरेज सम्सीले समान ३/३ विकेट लिए भने कागिसो रबाडा र एनरिक नोर्टजीले समान २/२ विकेट हात पारे।

प्रकाशित: १३ असार २०८१ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App