१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियालाई भारतले दियो २०६ रनको विजयी लक्ष

आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारत र अस्ट्रेलियाबिचको जारी खेलमा भारतले अस्ट्रेलियालाई खेल जित्न २०६ रनको विजयी लक्ष दिएको छ।

टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनायो। र अस्ट्रेलिया सामु २०६ रनको विशाल लक्ष प्रस्तुत गर्‍यो।

भारतका लागि कप्तान रोहित शर्माले शानदार ब्याटिङ गरे। रोहितले मात्र ४१ बलमा ९२ रन जोडे। यस क्रममा उनले ८ छक्का र ७ चौका प्रहार गरे।

रोहितसँगै ओपनरका रुपमा मैदान प्रवेश गरेका विराट कोहलीले गतिलो प्रदर्शन गर्न सकेनन्। उनले ५ बलको सामना गर्दै शून्य रनमा पभेलियन फर्किए।

ऋषभ पन्तले भारतका लागि १५ रन जोडे।  सूर्यकुमार यादवले ३१ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे।

शिवम दुवेले २२ बलमा २८ रनको योगदान दिए। उनले २ चौका र १ छक्का हिर्काए। हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे। रविन्द्र जडेजा ९ रनमा नटआउट रहे।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए। मार्कस स्टोइनिसले पनि २ विकेट लिए। उनले आफ्नो चार ओभरमा ५६ रन खर्चिए। जोस हेजलवुडले एक विकेट हात पारे।

प्रकाशित: १० असार २०८१ २२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App