१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पारा तथा विशेष खेलकुद मंगलबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न १३ खेलको प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिकी संयोजक राखेपकी सदस्य पेमा डोल्मा लामाले जानकारी दिएकी छिन।

एथलेटिक्स, व्ह्लीलचेयर बास्केटबल, बोसिया, क्रिकेट, साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन गोलबल, जुडो, साउन्ड टेबलटेनिस, पारा टेबलटेनिस, पौडी र भारोत्तलनको प्रतिस्पर्धा हुनेछ। यी १३ खेल सम्बन्धित पारा खेल संस्थाको व्यवस्थापनमा उपत्यकाका विभिन्न स्थानमा हुने समितिका सचिव मिनकुमार शर्माले जानकारी गराए।

मंगलबार प्रतियोगिताको औपचारिक उद्घाटन मात्र हुनेछ। १५ दिनभित्र सम्बन्धित संस्थाले आ–आफ्नो जिम्मेवारीमा परेको प्रतियोगिता आयोजना गरिसक्नु पर्नेछ। १२५ स्वर्ण, १२५ रजत र १४३ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ९ असार २०८१ १९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App