१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

आईसीसी टी–२० विश्वकपः बङ्गलादेशमाथि भारतको जित

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भएको खेलमा भारतले जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा बङ्गलादेशलाई ५० रनले पराजित गर्दै भारतले सुपर ८ अन्तर्गत आफ्नो दोस्रो जित निकालेको हो।

सर विभियम रिचर्ड्स स्टेडियममा टस हारेर पहिला ब्याटिङ्ग गर्दै भारतले निर्धारित ओभर खेल्दै ५ विकेटको क्षतिमा १९६ रन बनायो।

भारतको जितका लागि हार्दिक पाण्ड्याले नट आउट रहँदै सर्वाधिक ५० रन जोडे भने विराट कोहली ३७, ॠशभ पन्त ३६, शिवम् दुवेले ३४ रनको पारी खेले।

बङ्गलादेशका लागि तन्जिम शाकिब हसन र रिसाद होसेनले समान २/२ विकेट लिए भने शाकिब अल हसनले १ विकेट हात पारे।

१९७ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले भने निर्धारित ओभरमा ८ विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो।

प्रकाशित: ९ असार २०८१ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App