२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिता: आर्मीलाई सफलता

नेपाल आर्मीले शुक्रबार सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ। लैनचौरस्थि राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा आर्मीले एपिएफलाई २५–२४ को साँघुरो अन्तरले पराजित गर्‍यो।

उपाधिसंगै आर्मीले १ लाख र उपविजेता एपिएफले ५० हजार रुपैयाँ पुरस्कार पाए। तेस्रो भएका नेपाल प्रहरी र सुदूरपश्चिमले समान २५–२५ हजार रुपैयाँ  पुरस्कार हात पारे। अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगितामा आर्मीकी अनुजा कुलुङ राई उत्कृष्ट खेलाडी घोषित भइन्। उनले ११ हजार  रुपैयाँ पुरस्कार पाइन्।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। असार ४ देखि सुरु भएको प्रतियोगितामा ५ प्रदेश (गण्डकी (कर्णालीबाहेक) र तीन विभागीय गरी आठ टोलीले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन्।

प्रकाशित: ८ असार २०८१ ०८:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App