१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

पाँच किलोमिटर दौड प्रतियोगितामा ४ सयभन्दा बढी सहभागी, राना र शाही प्रथम

३८ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रा तर्फ कृष्णा राना र छात्र तर्फ अनिल शाही प्रथम भएका छन्।

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले आयोजना गरेको उक्त प्रतियोगितामा सुर्खेत जिल्लाका विभिन्न विद्यालयका ४ सयभन्दा बढी छात्रछात्राहरुले भाग लिएका थिए।

प्रतियोगितामा छात्रातर्फ लालीगुराँस मावि भेरीगंगा सुर्खेतकी कृष्णा राना प्रथम भइन् भने नेरामावि वीरेन्द्रनगरकी उर्मिला खनाल द्वितीय हुँदा तृतीय र सान्त्वना क्रमशः एसओएस हर्मन माइनर विद्यालय सुर्खेतकी बिमला कार्की र हरिडिलभूमि विद्यालयकी पूर्णिमा बुढा भइन्।

त्यसैगरी छात्रतर्फ नेरामावि डाँडास्कुलका अनिल शाही प्रथम भए भने जनज्योति मावि बड्डीचौरका अजय विक द्वितीय, रमेश बुढा तृतीय र शिव मावि लाटिकोइलीका भुवन चालिसेले सान्त्वना स्थान हासिल गरे।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः ४०००, ३०००, २००० र १५०० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: ६ असार २०८१ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App