आईसिसी टी२० विश्वकप क्रिकेटमा श्रीलंकाले नेदरल्यान्ड्स समक्ष २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गर्न मैदान उत्रेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो। यो रन स्कोर जारी सिजनकै सबैभन्दा उच्च हो।
श्रीलंकाका लागि कुशल मेन्ड्सि र चरिथ अशालांकाले समान ४६÷४६ रनको योगदान गरे भने धनञ्जय डी सिल्भाले ३४ रन बनाउँदा एंगलो म्याथ्यूजले ३० रनको जोडे। वनिदु हसारांगाले २० रन जोडे।
प्रकाशित: ३ असार २०८१ ०७:५५ सोमबार