१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपालले टस जित्यो, बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको छ।

अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। तर बङ्गलादेशका लागि भने निकै महत्त्वपूर्ण मानिएको छ।

समूह ‘डी’ बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ। अब समूह ‘डी’ बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ।

नेपाललाई पराजित गरेमा बङ्गलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ। अङ्क तालिकामा बङ्गलादेशको चार अङ्क छ।

विश्वकपमा एक अङ्क बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ। नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ। नेदरल्यान्ड्स दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ। नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेल पनि भोलि नै हुनेछ।

आजको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ। नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रकाशित: ३ असार २०८१ ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App