२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकप: बङ्गलादेश र नेदरल्यान्ड्स भिड्दै

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बिहीवार बङ्गलादेश र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। 

समूह ‘डी’ अन्तर्गत हुने आजको खेल एरोन्स भेले ग्राउन्डमा राति ८ : १५ बजेबाट सुरु हुनेछ।

बिहीवारको खेलको विजेता सुपर ८ मा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्ने छ।

हालसम्म दुबै टीमले समान २–२ खेल खेलेकोमा समान १–१ खेलमा जित निकालेको छ र नेट रनरेटको आधारमा क्रमशः बङ्गलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ।

सुपर ८ मा पुग्न बिहीवारको विजेता टीमले आफ्नो आगामी खेल पनि जित्नै पर्ने हुन्छ।

प्रकाशित: ३१ जेष्ठ २०८१ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App