४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

भारतले टस जित्यो, अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने

तस्बिर: एएफपी

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज हुने भारत र अमेरिकाबीचको खेलमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङको निम्तो दिएका हुन्। खेल नेपाली समय अनुसार साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा आज दुवै टिम लगातार तेस्रो जितको खोजीमा छन्। यसअघि पहिलो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटको र पाकिस्तानविरुद्ध ६ रनको जित निकालेको थियो।

यस्तै, अमेरिकाले पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको र दोस्रो खेलमा पाकिस्तानविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

समूह ‘ए’ मा रहेको भारत नेट रनरेटको आधारमा ४ अङ्कसहित शीर्ष स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

भारतको पछिल्लो खेलमा राम्रो प्रदर्शन नभए पनि उसका बलरहरूले पाकिस्तानविरुद्धको म्याच जिताउन ठूलो भूमिका निर्वाह गरेका थिए।

अमेरिका पनि जारी सिजनमा बलियो दावेदारको रुपमा प्रस्तुत भइरहेको छ। मोनाङ्क पटेलको कप्तानीमा रहेको अमेरिकाले पछिल्लो समय पाकिस्तानलाई हराएको थियो।

आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको सुपर–८ मा स्थान निश्चित गर्नेछ।

प्रकाशित: ३० जेष्ठ २०८१ २०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App