१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

मन्त्री श्रेष्ठद्वारा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निरीक्षण, डीपीआर प्रक्रियामा

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गर्नेक्रममा खेलकुदमन्त्री श्रेष्ठ । तस्बिर : खेलकुदमन्त्रीको सचिवालय

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गरेका छन्। फाप्ला विकास समितिका अध्यक्ष सुवास शाहीले डीपीआर र ईआईए लगायतका विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराए। 

डीपीआर अहिले प्रक्रियामा रहेको र तीन महिनामा तयार हुने बताउँदै शाहीले दुई वर्ष अगाडि मात्र ४१ बिघा जग्गा फाप्ला विकास समितिको मातहतमा आएको पनि जानकारी दिए।

प्रधानमन्त्रीको भारत भ्रमणमा फाप्ला क्रिकेट स्टेडियम निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो। डीपीआर तयार भए लगतै फाप्ला विकास समितिले परराष्ट्र मन्त्रालय मार्फत डीपीआर लगायतका विवरण भारत पठाउने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत फाप्ला विकास समिति रहेको छ।  

निरीक्षण लगतै फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठक बसेको थियो। जहाँ अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरियो। मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिनुभई डिपिआर र ईआईएको काम समयमा नै पुरा गर्न  निर्देशन दिए।

प्रकाशित: २९ जेष्ठ २०८१ १८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App