१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

कमजोर युगान्डामाथि वेस्ट इन्डिजको जित

आईसिसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले सानदार जित हात पारेको छ।

समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको युगान्डा रनमै समेटिए पछि वेस्ट इन्डिजले सानदार जित हात पारेको हो।

युगान्डाले निर्धारित ओभरको १२ ओभरमै अलआउट हुँदै समेटियो र उसले ३९ रन मात्रै बनाउन सक्यो।

युगान्डाका लागि कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। सुरुदेखि नै कमजोर देखिएको युगान्डाका जुमा मियागी बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न नसक्दा नराम्रो हार व्यहोरेको हो।

युगान्डालाई सस्तोमै समेट्न वेस्ट इन्डिजका अकिल होसेनले जम्मा ११ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने अलजारी जोसेफले २ विकेट हात पारे। रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोटीले समान १/१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्दै वेस्ट इन्डिजले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १७३ रन बनायो।

इन्डिजका लागि जोन्सन चाल्र्सले सर्वाधिक ४४ रन जोडे भने आन्द्रे रसेलले ३० रन बनाए। त्यस्तै रोवमन पवेलले २३ रन जोड्दा निकोलस पुरन र शेरफेन रुथपोर्डले समान २२/२२ रन जोडे।

यता युगान्डाका लागि कप्तान ब्रिएन मासाबले सर्वाधिक २ विकेट हात पार्दा दिनेश नकरानी, कोसमस केयुटा र अल्पेश रामजानीले समान १/१ विकेट हात पारे।

हालसम्म ३ खेल खेलेको युगान्डाले १ खेलमा मात्रै जित हात पारेको छ भने २ खेल खेलेको वेस्ट इन्डिजले दुबैमा जित हात पारेको छ।

प्रकाशित: २७ जेष्ठ २०८१ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App