१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल सहज समूहमा

घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार सार्वजनिक गरेको ड्रअनुसार साबिक उपविजेता नेपाल समूह ‘बी’ मा परेको हो। यो समूहमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन्। पाँच पटकको उपविजेता नेपालले समूहमा रहेको श्रीलंकासँग दुईपटक सेमिफाइनलमा जित हासिल गरेको थियो।

समूह ‘ए’ मा पाँच पटकको विजेता भारतसँगै बंगलादेश र पाकिस्तान रहेका छन्। भारत २०१० देखि सुरु भएको प्रतियोगिताको पाँचौं संस्करणसम्म विजेता हो भने बंगलादेश गत संस्करणको विजेता हो।

प्रकाशित: २७ जेष्ठ २०८१ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App