१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी टी-२० विश्वकप: श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेश २ विकेटले विजयी

आइसिसी टी-२० विश्वकपमा समूह डीमा रहेको श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ। शनिबार बिहान भएको खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो।

जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए। उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए। विकेटकिपर लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए। उनले २ चौका र १ छक्का हिर्काए।

मोहम्मदुल्लाहले १३ बलमा १६ रन बनाए। श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिए। वानिन्दु हसर्रगाले २ तथा धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर  १ सय २४ रन बनाएको थियो। श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे।

होसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए। रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै, तास्किन अहमदले २ विकेट लिए।

श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए। उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए। चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे।

भेटरान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए। यसैबिच श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। बंगलादेशको भने यो पहिलो खेल हो। 

प्रकाशित: २६ जेष्ठ २०८१ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App