२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔंः मुकुल ढकाल

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अबको १०० दिनमा आफ्नो पार्टी रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्ने प्रस्ताव राखेका छन्। 

उनले आज सञ्चारमाध्यमबाट सार्वजनिक गरेको लिखित प्रस्तावमा सो कुरा उल्लेख गरेका हुन। उनले अबको १०० दिनमा के के गर्ने भनेर ४ बुँदे सुझाव पनि दिएका छन्। 

रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने भनेर उनले  स्पष्ट रुपमा  खाका तयार पारेर दिएका छन्। उनको सुझावमा अबको २ हप्ता तयारी गरौँ ,त्यसपछि सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्त बास जाऔँ र गुप्त बासका क्रममा म महामन्त्रीको राय राख्छु, मत राख्दिन। तपाईँहरू निर्णय गर्नु होस् भनेर सुझाव पेस गरेका छन्। 

प्रकाशित: १९ असार २०८१ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App