२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

हेल्प नेपाल र एभरेस्ट भलिबल क्लब शीर्ष स्थानमा

आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबले शीर्ष स्थानमा आफ्नो दबदबा कायम राखेका छन्।

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी तेस्रो खेलसम्म अपराजित रहँदै हेल्प नेपालले नौ अंक जोडेको छ। हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लब, कोसी प्रदेश भलिबल एसोसिएसन, सुदूरपश्चिम स्पोर्ट्स बोर्डलाई पराजित गरेको हो।  

प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब रगण्डकी प्रदेश भलिबल एसोसिएसन पनि अपराजित रहेका छन्। उनीहरूको पनि समान नौ अंक रहेको छ। तर, सेटको आधारमा हेल्प नेपाल पहिलो, आर्मी दोस्रो, पुलिस तेस्रो रगण्डकी चौथो स्थानमा रहेका छन्।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले एक अंक जोड्दा सुदूरपश्चिम, कोसी रबुढानीलकण्ठ अंकविहीन छन्। महिलातर्फ भने दुई खेलमा अपराजित रहेको एभरेस्ट शीर्ष स्थानमा छ। एभरेस्टले कर्णाली प्रदेश खेलकुद विकास बोर्ड रआर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै ६ अंक जोडेको थियो।

दुई खेलमै अपराजित रहेका पुलिस रएपिएफ भने समान पाँच अंकसहित दोस्रो रतेस्रो स्थानमा छन्। चन्द्रगिरि नगरपालिका न्यु डायमन्ड रआर्मीको समान एक अंक रहेको छ भने कोसी अंकविहीन रहेको छ।

जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ आठ रमहिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा पुरुषतर्फ २८ खेल रमहिलातर्फ १५ खेल हुनेछ।

प्रकाशित: २२ जेष्ठ २०८१ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App