३ असार २०८१ सोमबार
image/svg+xml
खेल

फ्रिडम ‘ए’ र जोरपाटी क्वार्टरफाइनलमा

 फ्रिडम ‘ए’ र जोरपाटी तेस्रो वडाध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। चाबहिल खेलमैदानमा विकर्ण श्रेष्ठको ह्याट्रिक मद्दतमा फ्रिडम ‘ए’ ले सिन्धु भेट्रानलाई ५-२ गोलले पराजित ग¥यो।

सिन्धुका शम्भु श्रेष्ठ र रोम प्रधानले समान १-१ गोल गरे। जोरपाटीले तकामी भेट्रानलाई ३-० गोलले हरायो। जोरपाटीका रञ्जित लामा, राकेश लामा र इन्द्र लामाले समान १-१ गोल गरे।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा सरस्वतीनगर भेट्रान र सानोगौचरन नाइट किङ क्लब प्रिक्वार्टरफाइनलमा पुगे। सरस्वतीनगरले जोन टेन टेनलाई ९-१ को विशाल गोलअन्तरले पाखा लगायो।

सरस्वतीनगरका सुन्दर नेपालले ५ तथा शशि रिमाल, सुनील सुवेदी, सुदीप केसी र युवराज भुजेलले समान १-१ गोल गरे। जोनका लागि राज थापाले सान्त्वना गोल गरे।

सानो गौचरनले सजन स्मृति युथ क्लब, चाबहिललाई टाइब्रेकरमा ३-१ ले पन्छायो। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि निर्णय सीधै पेनाल्टी सुट आउटबाट गरिएको थियो।

प्रकाशित: १२ जेष्ठ २०८१ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App