१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आईसीसी टी-२० विश्वकपमा नेपालले कुन दिन कोसँग खेल्दैछ? जानौं

आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ४ जुनमा खेल्ने छ।

सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेयर क्रिकेट स्टेडियममा राति ९ः१५ बजेबाट सुरु हुनेछ।

यस्तै नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग जुन १२ मा खेल्ने छ भने तेस्रो खेल दक्षिण अफ्रिकासँग १५ जुनमा र चौथो खेल बङ्गलादेशसँग १७ जुनमा प्रतिस्पर्धा गर्नेछ।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुन लागेको सन् २०२४ को आईसीसी ट्वान्टी– २० विश्वकपको नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालसँगै यस समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश रहेका छन्।

रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली यसअघि नै वेस्ट इन्डिज हुँदै अमेरिकाका लागि प्रस्थान गरिसकेको छ।

प्रकाशित: ३ जेष्ठ २०८१ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App