१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

तल्लो क्रममा ब्याटिङ्ग, के आईपीएलबाट सन्यास लिँदैछन् धोनी?

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफको समिकरण पूरा हुन अब ६ दिन बाँकी छ। जारी सिजनको ६ खेल सकिएसँगै आईपीएलको प्ले अफको समिकरण पूरा हुनेछ।

१० टिमले सहभागिता जनाइरहेको यस सिजनमा बलियो भनिएका टिम प्ले अफबाट बाहिरी सकेका छन् भने कमजोर देखिएका टिम प्ले अफको रेसमा छन्। तर, यी सबकाबीच क्रिकेट जगतका चर्चित खेलाडी महेन्द्रसिंह धोनी सिजनको सुरुदेखि नै चर्चाको पात्र बन्दै आएका छन्।

५ पटकको उपाधि विजेता चेन्नईका पूर्व कप्तान धोनीले जारी सिजनमा चेन्नईको कप्तानी छोडेसँगै कतिपयले उनले आईपीएलबाट सन्यास लिन थालेको अनुमान गर्न थालेका छन् भने उनको तल्लो क्रममा खेल्ने विषयमा पनि बहस हुँदै आएको छ।

धोनीले चेन्नईको कप्तानी छोड्दै गर्दा उनले खेल्ने क्रम पनि तल पुगेको छ। अर्थात् सामान्यतया चौथो वा पाँचौ नम्बर ब्याटिङ्ग गर्न मैदान उत्रने धोनीले जारी सिजनका सबै खेलमा ८ औं वा ९ औँ नम्बर ब्याटिङ्ग गर्न आएका छन्। जसले गर्दा पनि उनी खेलका लागि जिम्मेवार नदेखिएको विश्लेष क्रिकेट जगतका दिग्गज खेलाडीहरूले गरेका छन्।

हुन त धोनी जुन नम्बरमा खेल्न आए पनि उनका फ्यान उनको एक झलक पाउनकै लागि पनि निकै उत्साहित देखिन्छन्। उनी मैदानमा आएसँगै उनले कति रन बनाएभन्दा पनि उनको उपस्थिति नै दर्शकका लागि ठूलो उपहार जस्तै देखिन्छ। तर, प्रतियोगितामा टिमको सिनियर खेलाडीको नाताले उनको तल्लो क्रममा खेल्न आउनाले चेन्नईलाई केही खेलमा सोचे अनुसारको नतिजा हासिल हुन सकेको छैन। तर, पनि चेन्नई प्ले अफको रेसमा कायम छ।

हालसम्म १३ खेल खेलेको चेन्नईले ७ खेलमा जित हात पारेको छ भने ६ मा पराजित भएको छ। १३ खेलमध्ये धोनीले ७ पारी मात्रै खेलेका छन्। ४२ वर्षीय धोनी सिजनमा फर्मममा छन्। तर, उनको तल्लो क्रममा खेल्ने कुरा कतिपयलाई चित्त बुझिरहेको छैन।

भारतीय क्रिकेटका पूर्व अलरान्डर इरफान पठानले धोनीलाई जिम्मेवारीका साथ माथिल्लो क्रममा खेल्न आउनुपर्ने बताए। धोनीलाई ८ औँ वा ९ औँ नम्बरमा खेलेको कसैले पनि हेर्न नसक्ने बताए।

यस्तै पूर्व बलर हरभजन सिंहले धोनीले टिमको बेइज्जती गरेको बताए। फर्ममा रहेको खेलाडीले यसरी तल्लो क्रममा खेलेर टिमलाई होच्याउन खोजेको उनको आक्रोश थियो।

त्यसबाहेक चेन्नईको फ्रेन्चाइजीले सामाजिक सञ्जालमा उनको सन्यासको माहोल बनाइदियो। चेन्नईको फ्रेन्चाइजीले सामाजिक सञ्जालमा पोष्ट गर्दै म्याच समाप्त भएपछि पनि दर्शकहरूलाई स्टेडियम नछाड्न आग्रह गर्यो। त्यसपछि राजस्थानसँगको खेलमा जित निकाल्दै धोनी र चेन्नईका सबै खेलाडीलाई ल्याप अफ अनर प्रदान गरियोर अर्थात् सबै खेलाडीले स्टेसडयम घुमे। साथै धोनीले चेन्नईका पूर्व खेलाडी सुरेश रैनासँग मिलेर आफ्ना फ्यान्सलाई टिमको सपोर्ट गर्नका लागि धन्यवाद दिए। सबै खेलाडीलाई  टिमका मालिक रुपा गुरुनाथले मेडल लगाइदिइन्।

त्यतिमा मात्रै सकिएन म्याच पछि धोनीलाई गार्ड अफ अनर पनि प्रदान गरियो। यी सब घटना पछि धोनीको यो आईपीएल अन्तिम आईपीएल रहेको र अब उनी सन्यास लिन्छन् भन्ने अनुमान सुरु भएको छ। तर, यसबारेमा हालसम्म औपचारिक जानकारी आइसकेको छैन।

चेन्नईले सिजनको समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरसँग प्रतिस्पर्धा गर्नेछ। प्ले अफमा पुग्नका लागि चेन्नईले १८ मे मा हुने बैङ्गलोरसँगको खेल जित्नै पर्ने हुन्छ।

प्रकाशित: २ जेष्ठ २०८१ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App