२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टस हारेर बलिङ गर्दै नेपाल

फाइल तस्वीर

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको आजको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेजले टस जितेपछि उक्त निर्णय लिएका हुन्। उनको निर्णयपछि नेपाल बलिङमा उत्रिने भएको छ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले १२ः१५ बजेबाट सुरु हुनेछ। नेपालले हिजो टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

नेपाल आजको खेलमा पनि जित हात पार्दै आफ्नो जितको यात्रालाई निरन्तरता दिन चाहन्छ भने पाहुना टोली वेस्ट इन्डिज ‘ए’ पहिलो जितको खोजीमा हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल र रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ ले पाँच खेलको टी–२० सिरिज खेल्दै छ। जसमा पहिलो खेलमा नेपाल सानदार जितसहित १–० ले अघि रहेको छ।

शनिवार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गर्दै जित हासिल गर्‍यो।

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको तेस्रो खेल १९ वैशाखमा हुनेछ। यस्तै चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ।

नेपालसँग खेल्न पहिलोपटक वेस्ट इन्डिज टोली नेपाल आएको हो। वेष्ट इण्डिज ‘ए मा अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय टोली छ। टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ।

नेपालले यसपछि वैशाख १९ मा तेस्रो, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल खेल्नेछ।

प्रकाशित: १६ वैशाख २०८१ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App