२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मार्कसको सानदार शतकीय पारीले चेन्नईमाथि लखनउको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले जारी सिजनमा चेन्नई सुपर किङ्ग्सलाई दोस्रो पटक हराउँदै सानदार जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा मार्कस स्टोइनिसको सानदार शतकीय पारीले लखनउले चेन्नईलाई ६ विकेटले पराजित गर्दै जित हात पार्‍यो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको साविक उपविजेता चेन्नईले निर्धातिर ओभरमा जम्मा ४ विकेट गुमाएर २१० रन बनायो। २११ रनको जवाफी लक्ष्यसहित मैदान उत्रेको लखनउले ३ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हासिल गर्‍यो।

लखनउको जितका लागि मार्कस स्टोइनिसको धमाकेदार शतकीय पारी वरदान सावित भयो। न्ट आउट रहँदै उनले ६३ बलमा ६ छक्का र १३ चौकाको सहयोगमा १२४ रन बनाए।

त्यसबाहेक निकोलस पुरनले ३४ रनको योगदान दिए।

त्यसअघि चेन्नईका लागि कप्तान ऋतुराज गायक्वाडले नट आउट रहँदै १०८ रन बनाए पनि त्यो जितका लागि काम लागेन।

जितसँगै लखनउले ८ खेलमध्ये ५ मा जित हात पार्दै १० अङ्क जोडेको छ र चेन्नईलाई उछिन्दै चौथो स्थानमा उक्लेको छ। जबकी समान ८ खेल खेलेको चेन्नईले ४ मा जित र ४ मा पराजित हुँदै ८ अङ्क जोडेको छ। र, अङ्क तालिकाको पाँचौं स्थानमा झरेको छ।

यसअघिको खेलमा पनि लखनउले चेन्नईलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको थियो।

प्रकाशित: १२ वैशाख २०८१ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App