२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय टी-२० क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौंमा जारी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित दर्ता गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्यो। गण्डकीको भने यो तेस्रो हार हो।

चार खेलमा उसको २ अंक छ भने सुदूरपश्चिमले दुई खेलमा २ अंक जोडेको छ। गण्डकीले दिएको ११८ रनको मध्यम लक्ष्य सुदूरले १९ ओभरमा एक विकेट गुमाएर पूरा गयाे।

उसको जितमा नटआउट रहँदै वसन्त कार्कीले ३७ र राजु रिजालले २९ रन जोडे। अभिषेक पलले अर्धशतक पूरा गर्न एक रनले चुके। यसअघि पहिला ब्याटिङ गरेको गण्डकी १८.३ ओभरमा ११७ रनमा अलआउट भएको थियो।

उसका लागि क्याप्टेन विपिन खत्रीले सर्वाधिक ३० रन बनाए। ७ जना ब्याटरले दोहोरो अंक छुन नसकेको लुम्बिनीको इनिङ्समा रोशन गौतमले २८ तथा दिनेश बुढामगर र करण पंगेनीले समान १५-१५ रन जोडे।

लुम्बिनीलाई कम योगफलमा समेट्न नारायण जोशी, शेर मल्ल र नरेन भट्टले दुई-दुई विकेट चट्काए।

प्रकाशित: ८ वैशाख २०८१ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App