२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल र हङकङबीच हेड टु हेडको खेल, कसले मार्ला बाजी?

एसीसि मेन्स प्रिमियर कप अन्तर्गत नेपाल अबको केही समयपछि हङकङसँग खेल्दै छ। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र हङकङबीचको खेल बिहान ११ः ४५ बजेबाट सुरु हुनेछ। आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ।

साविक विजेता समेत रहेको नेपालले यसअघिका आफ्ना दुबै खेलमा सानदार जित हात पारेको छ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो। भोलिको खेलमा जित निकाल्दै नेपाल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ।

आजको खेलमा विश्व किर्तिमान कायम गरेका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, गुलशन झा, करण केसी, सोमपाल कामी लगायतमा विशेष नजर रहने छ।

नेपाल र हङकङबीच हेड टु हेड म्याच हुनेछ। कारण, दुबै टोलीबीच भएका पछिल्लो ५ खेलमा दुबैले समान २/२ खेलमा जित हात पारेको छ। एक खेल नतिजाबिहीन बनेको थियो।

२०२० मा भएको खेलमा हङकङबीले नेपाललाई ४३ रनले पराजित गरेको थियो भने सन् २०२३ मा भएको २ खेलमा नेपालले हङकङलाई ६ विकेट र ७९ रनले पराजित गरेको थियो। जबकी यसैवर्ष सन् २०२४ मा भएको खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। सन् २०२४ कै मार्चमा भएको खेल नतिजाबिहीन बनेको थियो।

यसरी हेर्दा आजको खेलमा जित निकाल्न नेपालका लागि सहज भने हुने छैन। नेपालका ब्याट्सम्यान र बलर दुबैले आफ्नो शतप्रतिशत दियो भने हङकङविरुद्धको खेलमा जित निकाल्न सक्छ। 

समूह ‘ए’ मा रहेको नेपाल आफ्ना दुबै खेलमा जित निकाल्दै ४ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ भने हङकङ १ खेलमा जित निकाल्दै १ मा पराजित हुँदै २ अङ्क जोेडेर तालिकाको चौँथो स्थानमारहेको छ।

प्रकाशित: ३ वैशाख २०८१ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App