एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो।
नेपाली टोली : रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी,कुशल मल्ल र आसिफ शेख।
प्रकाशित: १ वैशाख २०८१ १६:०७ शनिबार


-600x400.jpg)


