१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कपः तयार नेपाली टोली, जित्ला त दोस्रोपटक पनि उपाधि?

एसिसी प्रिमियर कपको दोस्रो संस्करण भोलिदेखि सुरु हुँदैछ। भोलिदेखि सुरु हुने खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

सन् २०२३ बाट सुरु भएको कपको दोस्रो संस्करणका लागि नेपाली टिम तयार अवस्थामा छ।

पछिल्लोपटक निरन्तर टी-२० र एकदिवसीय खेलमा अभ्यस्त रहेको  नेपालले यसपटक पनि उपाधि जित्ने पूरा तयारी गरेको छ। १० वर्षपछि टी–२० मा खेल्न लागेको नेपालका लागि एसिसी पुरुष प्रिमियर कप निकै महत्त्वपूर्ण मानिएको छ। पहिलो संस्करणको उपाधि जितेको नेपाल यसपटक पनि उपाधि जित्ने लक्ष्यमा रहेको छ।

सन् २०२३ को पहिलो संस्करण नेपालमै आयोजना हुँदा नेपाली टिमलाई सहज थियो। कारण, आफ्नै ग्राउन्ड र दर्शकको भरपुर साथ। तर, यसपटक पनि नेपाली टोली आफ्नो जितलाई निरन्तरता दिने सोचका साथ उच्च बनोबलका साथ आफूलाई प्रस्तुत गर्ने तयारी गरेको छ।

घरेलु मैदानमा भएको खेलको कप्तानी गरेका रोहित कुमार पौडेल यसपटक पनि आफ्नो टिमलाई उपाधि लक्ष्यका साथ मैदान उत्रने छन्।

दोस्रोपटक एसिसी प्रिमियर कपमा कप्तानीको जिम्मेवारी पाएका पौडेलको टिममा यसपटक पनि केही पुरानै खेलाडी दोहोरिएका छन् भने केही नयाँ अनुहारले स्थान पाएका छन्।

यसपटकको नेपाली टिममा कप्तान पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलशन झा, करण केसी, प्रतिस जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन्।

जबकी यसअघिको एसिसी प्रिमियर कपमा कप्तानी पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, सोमपाल कामी, ललित राजवंशी, दिपेन्द्रसिंह ऐरी, भिम सार्की, प्रतिश जीसि, करण केसी र गुलशन झा रहेका थिए।

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, स्पिनर सन्दिप लामिछाने, आरिफ शेख यसपटक टिममा छैनन् भने अविनाश बोहरा, विवेक यादव र अनिल साहले स्थान पाएका छन्। अन्य खेलाडी भने पहिला नै एसिसीको अनुभव गरिसकेका छन्।

पछिल्लो पटक नेपालले खेलेको विभिन्न खेलमा राम्रो प्रदर्शन गर्दै आएको छ। त्यसकारण पनि नेपाली टिम यसपटकको उपाधि दावेदार मानिएको छ। त्यसकारण नेपाली टिमले धर्यताका साथ खेल्ने र उपाधि जित्ने तर्फ ध्यान दिन पर्ने देखिन्छ।

नेपालले हालसालै मात्र भारतमा मैत्रीपूर्ण टी–२० सिरिज जितेको छ भने आयरल्यान्ड वुल्भ्ससँगको २ खेलको टी–२० पनि क्लिन स्वीप गरेको थियो।

प्रकाशित: २९ चैत्र २०८० १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App