१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

दुई विकेट गुमाउँदै नेपालले पुरा गर्‍यो १६० रन

एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा नेपाल ‘ए’ले अहिलेसम्म दोस्रो विकेट गुमाएको छ।  

नेपाल ‘ए’का अर्जुन साउद ३० बलमा ३६ रन बनाएर आउट भए भने देव खनाल १७ बलमा ११ रन मात्र बनाउन सफल भए। चार चौका र तीन छक्कासहित ३६ रन बनाए साउद बेन्जामिन चार्ली व्हाइटको बलमा बोल्ड भएका थिए।  खनाल भने फोस्टरको बलमा बोल्ड भए।

अहिलेसम्म नेपाल ‘ए’ले २७ ओभरको समाप्तिमा २ विकेट गुमाएर १६० रन बनाएको छ। पहिलो इनिङमा आयरल्यान्ड वुल्भ्सले ५० आभेमा ८ विकेट गुमाएर २८४  रन बनाएको थियो। आयरल्यान्ड वुल्भ्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो।

आयरल्यान्ड वुल्भ्सका ओपनर ब्याट्सम्यान स्टीफन थॉमस डोहेनीले आइतबारको फाइनल खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए। उनले शतक पुरा गरेका हुन। उनले ८ चौका र २ छक्काको सहायताले १२९ बलमा १०७ रन बनाएका हुन। उनी रिजन ढकालको बलमा साउदबाट क्याच आउट भएका थिए।

खेलको पहिलो इनिङमा नेपाल ‘ए’का बलरहरु रन्जित कुमार र रिजन ढकालले समान ३÷३  विकेट लिएका थिए। बिकाश आगरी र शाहब आलमले समान १÷१ विकेट लिए। रन्जितकुमारले १० ओभरमा १ ओभर मेडनसहित ५१ रन दिए भने अर्का बलर रिजन ढकालले १० ओभरमा ७५ रन दिएका थिए।

यसैगरी आयरल्यान्डका ब्याट्सम्यान जी होई १० बलमा १४ रन मात्र बनाउन सफल भएका थिए। जेम्स अलेक्जेंडर म्याकोलमले १४ बलमा ९ रन बनाए । एनए रकले ६ बलमा १ रन बनाए। पीजे मोरले २५ बलमा ४४ रन बनाए। केड कार्माइकलले १३ बलमा ८ रन बनाए। यसैगरी फिओन फिलिप ह्यान्डले २१ बलमा २० रन बनाएर क्याच आउट भएका थिए। मोर्गन टपिङ ३६ बलमा २१ रन बनाएका थिए।

म्याथ्यू जेम्स हम्फ्रेसले ३४ बलमा २३ र बेन्जामिन चार्ली व्हाइट १२ बलमा १९ रन बनाएका थिए। तीन एक दिवसीय सिरिजको पहिलो खेल र दोस्रो खेलमा पराजित भएको नेपाल ‘ए’ लाई आज क्लीन स्वीपबाट जोगिनुपर्ने  छ।

यसअघिको दोस्रो टी–२० सिरिज गुमाइसकेको नेपाल ‘ए’ ले आजको खेलमा जित हात पार्न नसकेको पुरै प्रतियोगितामा क्लीन स्वीप हुनेछ।  

प्रकाशित: २५ चैत्र २०८० १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App