१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

डोहेनीको शतकसहित आयारल्यान्ड वुल्भ्सले नेपाल ‘ए’ लाई दियो २८५ रनको विशाल लक्ष्य

एकदिवसिय श्रृखंला अन्तर्गत आइतबार भइरहेको तेस्रो तथा फाइनल खेलमा आयरल्यान्ड वुल्भ्सले जित्नका लागि नेपाललाई २८५ लक्ष्य दिएको छ।

आयरल्यान्ड वुल्भ्सले ५० आभेमा ९ विकेट गुमाएर २८४  रन बनाएको हो। आयरल्यान्ड वुल्भ्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो।

आयरल्यान्ड वुल्भ्सका ओपनर ब्याट्सम्यान स्टीफन थॉमस डोहेनीले आइतबारको फाइनल खेलमा उत्कृष्ट प्रर्दशन गरे। उनले शतक पुरा गरेका हुन। उनले ८ चौका र २ छक्काको सहायताले १२९ बलमा १०७ रन बनाएका हुन। उनी रिजन ढकालको बलमा साउदबाट क्याच आउट भएका हुन।

खेलको पहिलो इनिङमा नेपाल ‘ए’का बलरहरु रन्जित कुमार र रिजन ढकालले समान ३/३  विकेट लिएका छन् बिकाश आगरी र शाहब आलमले समान १÷१ विकेट लिए। रन्जितकुमारले १० ओभरमा १ ओभर मेडनसहित ५१ रन दिए भने अर्का बलर रिजन ढकालले १० ओभरमा ७५ रन दिएका थिए।

यसैगरी आयरल्यान्डका ब्याट्सम्यान जी होई १० बलमा १४ रन मात्र बनाउन सफल भए। जेम्स अलेक्जेंडर म्याकोलमले १४ बलमा ९ रन बनाए । एनए रकले ६ बलमा १ रन बनाए। पीजे मोरले २५ बलमा ४४ रन बनाए। केड कार्माइकलले १३ बलमा ८ रन बनाए। यसैगरी फिओन फिलिप ह्यान्डले २१ बलमा २० रन बनाएर क्याच आउट भएका थिए। मोर्गन टपिङ ३६ बलमा २१ रन बनाएका थिए।

नेपाल ‘ए’ले यस खेलमा अतिरिक्त १८ रन दिएको थियो। 

म्याथ्यू जेम्स हम्फ्रेसले ३४ बलमा २३ र बेन्जामिन चार्ली व्हाइट १२ बलमा १९ रन बनाए। तीन एक दिवसीय सिरिजको पहिलो खेल र दोस्रो खेलमा पराजित भएको नेपाल ‘ए’ लाई आज क्लीन स्वीपबाट जोगिनुपर्ने  छ।

यसअघिको दोस्रो टी–२० सिरिज गुमाइसकेको नेपाल ‘ए’ ले आजको खेलमा जित हात पार्न नसकेको पुरै प्रतियोगितामा क्लीन स्वीप हुनेछ।  

प्रकाशित: २५ चैत्र २०८० १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App