२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल ‘ए’ लाई पहिलो ओभरमै सफलता

नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सविरुद्ध पहिलो ओभरमै सफलता हात पारेको छ। केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सको पहिलो विकेट आउट गरेको छ।

कमलसिंह ऐरीको बलमा साहब आलमले आयरल्याण्ड वुल्भ्सका ओपनर ब्याट्सम्यान जेम्स म्याक्लुमलाई शून्यमा रन आउट गरेका हुन्। उनले खाता समेत खोल्न पाएनन्।

तीन एकदिवसीय सिरिजको पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ लाई आजको खेल जित्नैपर्ने दबाब छ। यसअघिको दोस्रो टी–२० सिरिज गुमाइसकेको नेपाल ‘ए’ ले आजको खेलमा जित हात पार्न नसकेको यो सिरिज पनि गुमाउने छ।

पहिलो खेलमा १५८ रनको सामान्य लक्ष्य पाएपनि नेपाल २५.३ ओभरमा १३६ रनमात्रै बनाएर अल आउट भएको थियो।

एकदिवसीय सिरिजको अन्तिम खेल भने आइतवार हुनेछ।

आयरल्यान्ड वुल्भ्सले २ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा २ रन मात्रै बनाउन सकेको छ।

प्रकाशित: २३ चैत्र २०८० ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App